Posts

तिमी

म किनारमा उभिएर खोलातिर हेर्छु हाम फालौ पौडिन आउदैन यतै बसौं तिमी पल्लो किनार छौ।

मुक्तक

आधा भरी आधा खाली पानी गिलासमा वास्तविकता के हो, छुट्टिन्छ  इजालसमा जसरी हेर्यो त्यस्तै देखिन्छ यो दुनियाँ  दृष्टिकोण के हो तिम्रो, बताउ बहसमा ।।

गजल

सुनेको मेरो चिठ्ठी तिमी पढेर रुयौ रे पुर्पुरो समाई भुँइमा लडेर रुयौ रे ढोगेर भन्थ्यौ ढुङ्गालाई देवता हो भनि कुन्नी किन त्यही ढुङ्गामा चढेर रुयौ रे पहिले त दुनिया मेरो पछि कुद्छ भन्थ्यौ साथ नहुँदा कोहि , भित्तामा अडेर रुयौ रे भनेको थिए तिमीलाई मायाको श्राप लाग्छ त्यसैले त प्रभातको यादमा गडेर रुयौ रे  #पिमिरे

मुक्तक

कि त हिमालको झै सुन्दरता हुनुपर्छ कि त चरित्रमा रामकी सीता हुनुपर्छ तिमी भन्दा सुन्दर अर्को छ यदि भने कि त तिमी या कविको कबिता हुनुपर्छ ।।

म रोमान्टिक भइन अरे !

उनले भनेको म रोमान्टिक भइन अरे । उनले अनायासै सोधिन हजुरलाइ म किन मन परो ? मैले तिम्रो ब्याक्तित्व मन परो भने म रोमान्टिक भइन अरे । मैले भन्न पर्थ्यो तिम्रा आँखा मन परे तिम्रो परेली मन परो तिम्रा परेली खोली अँखाहरुले मेरा आँखासंग गरेका कुराकानी मन परे । मैले भन्न पर्थ्यो बाध्दा पनि नमिलेर अगाडि नाकै सम्म आएको तिम्रो कालो कपाल मन परो । हो यसो भन्न पर्थ्यो मैले भन्न जानिन र पो म रोमान्टिक बन्न जानिन । उनले , मेरा लागि के गर्नुहुन्छ ? सोधिन् मैले मेरा खुसी सबै तिमीलाई दिन्छु भने । आबुइ ! कस्तो जवाफ हो यो ? अलि रोमान्टिक हुन आउदैन ? म रोमान्टिक भइन अरे । मैले भन्न पर्थ्यो यो आकास तिम्रा लागि किनिदिनसक्छु यो धर्ती तिम्रा लागि बेचिदिनसक्छु समय जहाँको त्यहीँ रोकिदिनसक्छु तिमी भन्छ्यौ भने म उ त्यो तारा टपक्कै टिपेर हाम्रो खुर्सानीको बोटै छेउ राखिदिन सक्छु । तर त्यस्तो भनिन   । मैले भन्न पर्थ्यो तिमी भन्छ्यौ भने म हावाको दिसा बदलिदिनसक्छु फूलको सुवास चोरिदिनसक्छु हिमालको सुन्दरता तिमीमा छरिदिनसक्छु अरु तिमी कल्पना मात्र गर न म त्यहि त्य...

मुक्तक

पीडा होइन मल्हम हुनुपर्छ सुन्दैमा मन रमझम हुनुपर्छ युगौ युगसम्म कायम रहने खाएको त्यो कसम हुनुपर्छ ।। #मुक्तक #पिमिरे

मुक्तक

अरुले गेरेको गलत, तिम्रो ठिक् छ यसरी नै चलेको छ, यहाँ यहि टिक्छ नबोल्नेको चामल बिक्रि हुन्न यहाँ उफ्री उफ्री कराउ तिम्रो पिठो बिक्छ ।। #मुक्तक #पिमिरे