गजल
यता दिन हुदा उता रात हुदो रैछ घमाइलो यता, उता हिमपात हुदो रैछ । मैले सोचे मायामा सबै जायज हुन्छ तर उसका लागि ठुलो जात हुदो रैछ । मेरो जिन्दगी सन्ध्यामा डुब्न लाग्दा उस्को जिन्दगीको नयाँ प्रभात हुदो रैछ । यता दिन हुदा उता रात हुदो रैछ घमाइलो यता, उता हिमपात हुदो रैछ ।