Posts

Showing posts from October 23, 2016

गजल

यो जिन्दगी भरी कि खाली थाहा पाइन उनको माया रेसमी कि जाली थाहा पाइन।। शिखर चड्दा कस्तो हुन्छ सब्लाइ थहा हुन्न मैले पनि पसिनाहरु नफालि थाहा पाइन।। कुनै दिन पिउदा पिउदै यति पिइएछ कि सुत्ने बेला ओछ्यान हो कि नाली थाहा पाइन।। हौसला दिने र खुट्टा तान्ने सङ संगै हुन्छन कैलेकहि त ताली को कि गाली थाहा पाइन।। जिन्दगिमा सुल्टो मात्र कहाँ गरिदोरैछ र टुप्पो तिर बसि काटेछु डाली थाहा पाइन।।