गजल

यता दिन हुदा उता रात हुदो रैछ

घमाइलो यता, उता हिमपात हुदो रैछ ।



मैले सोचे मायामा सबै जायज हुन्छ

तर उसका लागि ठुलो जात हुदो रैछ ।



मेरो जिन्दगी सन्ध्यामा डुब्न लाग्दा

उस्को जिन्दगीको नयाँ प्रभात हुदो रैछ ।



यता दिन हुदा उता रात हुदो रैछ

घमाइलो यता, उता हिमपात हुदो रैछ ।

Comments

Popular posts from this blog

गजल

गजल

मुक्तक