गजल
सुनेको
मेरो चिठ्ठी तिमी पढेर रुयौ रे
पुर्पुरो
समाई भुँइमा लडेर रुयौ रे
ढोगेर भन्थ्यौ ढुङ्गालाई देवता हो भनि
कुन्नी किन त्यही ढुङ्गामा चढेर रुयौ रे
पहिले त दुनिया मेरो पछि कुद्छ भन्थ्यौ
साथ नहुँदा कोहि, भित्तामा अडेर रुयौ रे
भनेको थिए
तिमीलाई मायाको श्राप लाग्छ
त्यसैले
त प्रभातको यादमा गडेर रुयौ रे
#पिमिरे
Comments