यो जिन्दगी भरी कि खाली थाहा पाइन उनको माया रेसमी कि जाली थाहा पाइन।। शिखर चड्दा कस्तो हुन्छ सब्लाइ थहा हुन्न मैले पनि पसिनाहरु नफालि थाहा पाइन।। कुनै दिन पिउदा पिउदै यति पिइएछ कि सुत्ने बेला ओछ्यान हो कि नाली थाहा पाइन।। हौसला दिने र खुट्टा तान्ने सङ संगै हुन्छन कैलेकहि त ताली को कि गाली थाहा पाइन।। जिन्दगिमा सुल्टो मात्र कहाँ गरिदोरैछ र टुप्पो तिर बसि काटेछु डाली थाहा पाइन।।
भैगो अब चाही बोलिन्न इसाराले हुत्तिहारा भनि सके दुनिया साराले हुन्छ भने हुन्छ भन नत्र भन हुन्न पछि लागिन्न अब यस्तो पाराले अवश्य हाम्रो प्रेम सफल हुन्छ हुन्छ घाउघर थर्काइदेउ अब यहि नाराले मेरो बारे घरमा यसो कुरा गर गर पक्कै नभन्लान ''पाल्दैन आवाराले ''
Comments